मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा, पर्सि नेपालसँग खेल्ने

नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा, पर्सि नेपालसँग खेल्ने

न्यूजस्टोरी

काठमाडौं, २० फागुन । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ ।
आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडे ।

टस हारेर ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न शुरु भएको थियो । त्यसपछि थप खेल हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडे ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुग्यो । अब नेदरल्यान्ड्सले फाइनलमा पर्सि नेपालसँग खेल्नेछ । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबियाले ४ खेलमा ३ अङ्क जोड्यो ।