मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हतियार सहित दुई जना पर्सा प्रहरीको नियन्त्रणमा

हतियार सहित दुई जना पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छतकुली , वीरगन्ज १० फागुन । पर्सा प्रहरीले हतियार सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले एक थान नलकटुवा पेस्तोल सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको हो।
प्रहरीले बुधबार राती करिव ११ बजे पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्वर ९ स्थित सडक खण्डमा चेकजाँचको क्रममा ना १२ प ४९७१ नम्वर मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक जिल्ला पर्सा कालिकामाई गाँउ पालिका वडा नम्वर ५ बस्ने वर्ष ४३ को दिपेन्द्र गिरीले आफ्नो ज्याकेट भित्र लुकाई छिपाई लगी रहेको अवस्थामा १ थान कटुवा पेस्तोल सहित मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायव उपरिक्षक प्रबक्ता तथा सुचना अधिकारी ध्रुब कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसै गरी सोही मोटरसाइकलमा पछाडी सवार रहेका पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्वर ९ बस्ने अन्दाजी वर्ष ३७ का शिवपुजन मुखिया समेतलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै गिरी र मुखिया बिरुद्ध हात हथतयार सम्वन्धी कसुरमा मुदा चलाउने बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता ध्रुव कुमार श्रेष्ठले बताउनुभयो ।