मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढ्दै :छ महिनामा २४ हजारले लिए सेवा

आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढ्दै :छ महिनामा २४ हजारले लिए सेवा

न्यूजस्टोरी

चितवन, १० फागुन । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेकाले यसप्रतिको आकर्षण बढ्दै गएको पुष्टि हुन्छ ।

चालु आर्थिक वर्षको छ महिनामा २४ हजार बढि बिरामीले यस अस्पतालबाट सेवा लिएको तथ्याङमा उल्लेख छ । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा बढी सात हजार बढि बिरामीले सेवा लिएका छन् ।

यसैगरी, योग सेवामा दुई हजार ६ सय १०, पूर्वकम÷पञ्चकर्म सेवा पाँच हजार पाँच सय २७, ज्येष्ठ नागरिक सेवा एक हजार नौ सय ७५, स्तनपान आमा तथा शिशु सेवा एक सय २०, नागरिक आरोग्य स्वास्थ्य सेवा दुई हजार सात सय ७९, प्रयोगशाला सेवा दुई हजार पाँच सय ४४, अकुपञ्चर सेवा तीन सय ३५, फिजियोथेरापी सेवा दुई सय ८२ र अल्ट्रासाउन्ड सेवा ४० जनाले लिएका छन् ।

गत आर्थिक वर्षमा यी सबै सेवा लिनेको सङ्ख्या ४९ हजार पाँच सय १३ रहेको थियो । केन्द्रका अतिरिक्त औषधालय, नागरिक आरोग्य सेवा केन्द्र र जीवनशैली सेवामार्फत जिल्लाभरि सेवा दिँदै आएको छ ।

कालिका नगरपालिकाको सगुनटोल, खैरहनी नगरपालिकाको कुमरोज र इच्छाकामना गाउँपालिकाको चुम्लिङ्गारमा नागरिक आरोग्य सेवा केन्द्रहरु सञ्चालनमा छन् ।
केन्द्रले मुख्यमन्त्री जनता स्वास्थ्य, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, स्वास्थ्य जीवन प्रवद्र्धनलगायत कार्यक्रम गर्दै आएको छ । यसैगरी, योग तथा पूर्वकर्म अभिमुखीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, कर्मचारी पुनःताजगी योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।