चितवन, २१ माघ । पर्यटकी नगरी सौराहामा फूड फेस्टिबलको तयारी तीव्र पारिएको छ । मुलुकको महत्वपूर्ण र आकर्षक पर्यटकी गन्तव्य चितवन सौराहाका व्यवसायीहरुले १८ औं संस्करणमा हुने सौराहा फूड फेस्टिबल २०८० को तयारी तीब्र पारेका हुन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको मुख्य बजारमा फेस्टिबल आयोजना हुने छ ।
सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिबलका गतिविधिलाई अगाडि बढाइएको संयोजक सुर्यबहादुर रिमालले जानकारी दिनुभयो । फेस्टिवलले समग्र चितवनको पर्यटकीय विकास, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रर्वद्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्ने विश्वास गरिएको छ ।
प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसर पारि सौराहामा प्रत्येक बर्ष फेस्टिबल हुदै आएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । पाँच दिन सम्म चल्ने फेस्टिबलमा दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको दावी छ ।




प्रतिक्रिया