मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा प्रहरी द्वारा तस्करीमा कडाइ, ठुलो परिमाणमा लाखौं मुल्य बराबरको काजु र छोकडा बरामद

पर्सा प्रहरी द्वारा तस्करीमा कडाइ, ठुलो परिमाणमा लाखौं मुल्य बराबरको काजु र छोकडा बरामद

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज, २९ असोज । पर्सा प्रहरीले ठुलो परिमाणमा लाखौं मुल्य बराबरको अवैध भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा काजु र छोकडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको बिषेश टोलीले विरगंजबाट ३ लाख ४० हजार रुपैयाँ बराबरको अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा काजु र छोकडा बरामद गरेको हो ।
पर्सा प्रहरीले वीरगन्जको छपकैयाबाट भन्सार छलेर भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा २ सय ५० किलो काजु र ५० किलो छोकडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किसोर लम्सालले जनाएका छन् ।
तस्करहरुले अवैध रुपमा भन्सार छलेर पर्सा जिल्लाको चोरबाटोबाट भित्र्याउदै गरेको अवस्थामा उक्त तस्करीको सामान विषेश सुचनाको आधारमा पर्सा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको पर्साका डिएसपी लम्सालले जनाएका छन् ।
पर्सा प्रहरीले हिन्दूहरूको महान पर्व दिपावली र छठ पर्वलाई लक्षित गरी नेपालमा अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको बिष्फोटक पदार्थ तथा भन्सार छलिका सामानहरुमा कडाइ गर्नुको साथै पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट अवैध रुपमा त्यसता सामानहरूमा कडाइ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले आफ्नो मातहतका प्रहरी युनिटहरुलाई अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने सामानहरुमा कडाइ गर्न निर्देशन दिएका छन् । प्रहरी उपरीक्षक पाठकले यदि कुनै नाकाबाट प्रहरीको मिलेमतोमा अवैध रुपमा भन्सार छलेर सामान नेपाल भित्र्याइएको थाहा पाएको जानकारी भएको पाइएको अवस्थामा सो नाकाका प्रहरीहरुलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।