काठमाडौं, ६ असोज । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका छन्।
योसँगै पाकिस्तान भ्रमणका लागि घोषणा गरिएको टोलीमा उनले पुनरागमन गरेका छन्। सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग ३ विकेटले पराजित भएपछि उनले सन्न्यासको घोषणा गरेका थिए।


प्रतिक्रिया