मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न नेपाली टोली यूएई जाँदै

वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न नेपाली टोली यूएई जाँदै

न्यूजस्टोरी

काठमाडौं, ६ असोज । नेपाली क्रिकेटको राष्ट्रिय टोली आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन । विश्व विजेता वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्न टोली यूएई जान लागेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुमी लामाका अनुसार नेपाली टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई जाँदैछ । यसअघि शुक्रबार नै प्रस्थान गर्ने तयारी भए पनि भिसा नपाउँदा टोलीको यात्रा स्थगित भएको थियो । आइतबार प्रवेशाज्ञा प्राप्त भएपछि टोली आज प्रस्थान गर्न लागेको हो ।

नेपालले यूएईमा आयोजना हुने युनिटी कल टी-२० इन्टरनेशनल प्रतियोगितामा भाग लिनेछ । सो प्रतियोगिता अन्तर्गत नेपालले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेलेर प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र वेस्ट इन्डिजबीच पहिलो खेल असोज ११ गते हुनेछ भने दोस्रो खेल असोज १३ गते र अन्तिम अर्थात् फाइनल खेल असोज १४ गते हुने जनाइएको छ । नेपाली टिमको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् ।