मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनको तेस्रो अधिवेशन : शैलेश श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनको तेस्रो अधिवेशन : शैलेश श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध

न्यूजस्टोरी

किरण कुवँर
चितवन, ४ असोज । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनको तेस्रो अधिवेशनबाट शैलेश श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । चितवनको सौराहामा सम्पन्न संघको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा आठ सदस्य पदाधिकारी चयन गरेको हो ।
उपाध्यक्षमा धन बाहादुर दराई, कोषाध्यक्षमा प्रदिप श्रेष्ठ, सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ्ग, सोमराज दराई र सुस्मिता थापा चयन भएका हुन।


अधिवेशनबाट चयन भएका श्रेष्ठको टिमले खेलकुदको विकास तथा तेक्वान्दोको प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखिएको छ ।

अध्यक्ष पदमा निर्वाचित भएपछि श्रेष्ठले आगामी दिनमा खेलकुदको विकासमा उल्लेखनीय उपलब्धीहरु हाँसिल गर्न लागि पर्ने उल्लेख गरे । उनले अवको कार्यसमितिले खेलकुदमा आमुल परिवर्तन गर्ने समेत दावी गरे ।
निर्वाचन समितिका संयोजक तथा अधिवक्ता दिवाकर अर्यालले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।


कार्यक्रममा वोल्दै अर्यालले चितवन जिल्लामा तेक्वान्दो खेललाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए ।