मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशिया कप टी–२० क्रिकेटमा सुपर–४ का खेल आजदेखि

एशिया कप टी–२० क्रिकेटमा सुपर–४ का खेल आजदेखि

न्यूजस्टोरी

काठमाडौं, ४ असोज । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ का खेल आजदेखि शुरू हुँदैछन् । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन् ।

सुपर–४ को पहिलो खेलमा आज श्रीलङ्का र बङ्गलादेश खेल्दैछन् । यो खेल युएईको दुवईमा नेपाली समयअनुसार बेलुका सवा आठ बजे शुरू हुनेछ । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

भारत र पाकिस्तानबीचको खेल भोलि हुनेछ । समूह ‘ए’ को गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग २१ रनले पराजित भएको थियो ।