मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

न्यूजस्टोरी

काठमाडौं, ३ असोज । एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । जितसँगै श्रीलङ्का सुपर ४ मा पुगेको छ । अफगानिस्तानले दिएको एक सय ७० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका ओपनर कुशल मेन्डिसले ७४ तथा कामिन्दु मेन्डिस २६ रन जोडे । अफगानिस्तानका नुर अहमद, मोहम्मद नाबी, आजमतुल्लाह ओमरजाई, मुजिबउर रहमानले १र१ विकेट लिए ।

त्यसअघि युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले ६० रन बनाए । समूह ‘बी’ मा श्रीलङ्का ३ खेलमा अपराजित रहँदै सुपर ४ मा पुगेको हो । बङ्गलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित दोश्रो स्थानमा रहेर सुपर ४ मा पुगेको छ ।

अफगानिस्तान भने ३ खेलमा १ मा जित र २ मा हारसहित तेश्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर ४ मा पुगिसकेका छन् । आज भारतले ओमानसँग खेल्दैछ । आजको खेलपछि समूह ए को विजेता टुंगो लाग्नेछ । फाइनल खेल सेप्टेम्बर २८ अर्थात असोज १२ गते हुनेछ ।