लर्ड्स टेस्टको अन्तिम दिन इङ्ल्यान्डले भारतलाई २२ रनले पराजित गरेको छ। सोमबार भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो।
यो जितसँगै इङ्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ। यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले पराजित गरेको थियो।
त्यसैगरी भारतले दोस्रो टेस्ट ९एजबास्टन टेस्ट० ३३६ रनले जितेको थियो। विदेशी भूमिमा भारतको यो दोस्रो नजिकको हार हो। यसअघि टोली सन् १९७७ मा ब्रिस्बेनमा अस्ट्रेलियाविरुद्ध १६ रनले पराजित भएको थियो।
इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिलो इनिङ्समा १० विकेटको क्षतिमा ३८७ रन बनाएको थियो।
जो रुटले सर्वाधिक १०४ रन बनाए। जेमी स्मिथ र ब्रायडन कार्सले क्रमशः ५१ र ५६ रन जोडे।
भारतले पनि १० विकेटको क्षतिमा ३८७ रन बनाएको थियो। केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए।
दोस्रो इनिङ्समा, इङ्ग्ल्यान्डले १० विकेट गुमाउँदै १९२ रन बनाएको थियो। योसँगै भारतले १९३ रनको लक्ष्य पाएको थियो। तर, १७० रनमै अलआउट भयो।
भारतका जडेजाले अविजित रहँदै सर्वाधिक ६१ रन जोडे। राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्। इङ्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट हात पारे।


प्रतिक्रिया