मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

न्यूजस्टोरी

काठमाडौं, २१ असार । नेपाल मलेसियामा जारी एसिसी पुरुष यु(१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको छ । नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको थियो भने सिंगापुरले हङकङलाई हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार बेहोरेको छ ।