काठमाडौं, २१ असार । फिफा क्लब विश्वकपअन्तर्गत फ्लुमिनेन्स र चेल्सी सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति फ्लोरिडामा रहेको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको क्वाटरफाइनलमा फ्लुमिनेन्सले अल–हिलाललाई २–१ गोलले हरायो ।
यस्तै बिहान लिङ्कन फाइनान्सियल फिल्डमा भएको क्वाटरफाइनल खेलमा चेल्सीले पाल्मिरासलाई २–१ गोलले हरायो । फिफा क्लब विश्वकप क्वाटरफाइनलमा आज राति पनि दुई वटा खेल हुँदैछन् ।
आजराति पेरिस सेन्ट जर्मेइन (पीएसजी) र बार्यन म्युनिखबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे मर्सिडीज बेन्ज स्टेडियममा हुनेछ । यस्तै अन्तिम क्वाटरफाइनलको खेलमा रियल मड्रिड र बोरुसिया डर्टमन्ड नेपाली समय अनुसार राति पौने २ बजे मेटलाइफ स्टेडियममा खेल्नेछन् । अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपको फाइनल खेल असार ३० गते हुनेछ ।


प्रतिक्रिया