मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्दै एपीएफ क्लब

एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्दै एपीएफ क्लब

न्यूजस्टोरी

काठमाडौं, २० असार । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा साउदी अरेबियाको अल नासर, आयोजक उज्वेकिस्तानको पीएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एशियन स्कलर्स छन् ।

एशियन फुटबल कन्फेडरेसन (एएफसी) ले समूह चरणको खेल अगस्ट २३ देखि ३१ सम्म सञ्चालन हुने जनाएको छ । मलेशियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा हिजो भएको ‘ड्र’मा समूह चरणका १९ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो ।

गएको संस्करणमा पनि एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । यी १९ टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ । चार समूहमा चार–चार वटा टोली हुनेछ । एक समूहमा भने ३ वटा टोली रहेका छन् ।

हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले एएफसी महिला क्लबमा पहिल्यै छनोट भइसकेका सात टोलीसहित १२ टोलीले फाइनल चरणमा खेल्नेछन् । अष्ट्रेलियाको मेलबर्न सिटी एफसी, कोरियाको सुवोन एफसी, जापानको टोक्यो वेर्डी बेलेजा, साविक विजेता चीनको वुहान जियाङडा एफसी, भियतनामको हो चि मिन सिटी एफसी र इरानको बाम खातुन एफसी फाइनल चरणका लागि छनोट भइसकेका छन् । यूएईबाट छनोट हुन बाँकी छ ।