मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको पछि नलाग्न मन्त्रालयको आग्रह

जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको पछि नलाग्न मन्त्रालयको आग्रह

न्यूजस्टोरी

काठमाडौं, १८ असार । युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीको पछि नलाग्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ । सरकारले कारबाही गरेर अवैधानिक घोषणा गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले नेपालको आधिकारिक संस्थाको रूपमा काम कारबाही अघि बढाएपछि खेलकुद मन्त्रालयले हिजो विज्ञप्तिमार्फत अवैधानिक ओलम्पिकको पछि नलाग्न र विश्वास नगर्न सबैमा आग्रह गरेको हो ।

अवैधानिक घोषणा गरिएको नेपाल ओलम्पिक कमिटीले हिजो पत्रकार सम्मेलनको आयोजना गरेर सङ्घहरुसँग समन्वय गर्दै ३० खेललाई आसन्न टोकियो एशियाली खेलकुदमा दर्ता गरेको जानकारी गराएको थियो । लगत्तै युवा तथा खेलकुद मन्त्रालयले अवैध ओलम्पिक कमिटीलाई सरकारले मान्यता नदिएको उल्लेख गर्दै मन्त्रालयकै पहलमा ३१ वटा खेल सङ्घको सूची दर्ता सम्बन्धित निकायमा भइसकेको जानकारी गराएको छ ।

मन्त्रालयले अवैध ओलम्पिक कमिटीबाट गरिएको कुनै पनि पत्रलाई सरकारी मान्यता दिन नसकिने भएकाले त्यो कमिटीबाट गरिने सबै काम नेपालको कानून विपरित हुने बताएको हो । साथै श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको कार्यसमितिको नेतृत्वमा कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुने र यो कार्यसमितिलाई हटाएर ओलम्पिकको बैंक खाता बन्द गर्नेदेखि ओलम्पिकको बैदेशिक भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।