काठमाडौं, १७ असार । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भुटानको खेल मंगलबार बिहान ७ः ४५ बजे मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा हुँदैछ ।
पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा इन्डिोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउने लक्ष्यका साथ मैदानमा हुनेछ ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।
दुई समूहका विजेता र उपविजेताले समेफिाइनल खेल्नेछन् । सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते हुँदैछ ।


प्रतिक्रिया