एजेन्सी । क्याटलान क्लब बार्सिलोना विश्व फुटबलकै सफल क्लबको रुपमा रहेको छ । तर, पछिल्लो समय पूर्व खेलाडी लियोनल मेस्सीले छोडेपछि टिम अहिले पहिलाको जस्तो राम्रो अवस्थामा छैन् ।
स्पेनिस ला लिगामा बलियो र च्याम्पियन्स लिगमा पनि आफूलाई राम्रो अवस्थामा पुगाएको बार्सिलोना अहिले कमजोर छ ।ला लिगामा पनि अहिले तेस्रो स्थानमा रहेको बार्सिलोनाले च्याम्पियन्स लिगमा भने अघिल्लो चरणमा प्रवेश गरेको छ । बार्सिलोना कोपा डेल रेबाट पनि बाहिरिएको छ ।
यस्तो अवस्थामा मुख्य प्रशिक्षक जाभीको प्रशिक्षण प्रति प्रश्न उठ्न थालेको छ । उनले पनि यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका छन् ।
क्लबले सफलता नपाउँदा उनले प्रशिक्षक पद नै छोड्ने अवस्था पुगेको हो । उसोत जाभीले क्लबका लागि दुई सिजन पूर्ण रुपमा प्रशिक्षण गराइ सकेका छन् ।
बीबीसीका अनुसार जाभीले नै आफूले प्रशिक्षको जिम्मेवारी छोड्न सही विकल्प भएको बताएका छन् ।
जाभी सन् २०२१ मा बार्सिलोना आएका थिए ।


प्रतिक्रिया