मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय क्रिकेट टिमले टी ट्वान्टी विश्वकप क्रिकेट छनोटको तयारी अष्ट्रेलियामा गर्ने

राष्ट्रिय क्रिकेट टिमले टी ट्वान्टी विश्वकप क्रिकेट छनोटको तयारी अष्ट्रेलियामा गर्ने

न्यूजस्टोरी

काठमाडौं, १३ असार । राष्ट्रिय क्रिकेट टिमले टी ट्वान्टी विश्वकप क्रिकेट छनोटको तयारी अष्ट्रेलियामा गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सुचना जारी गर्दै अष्ट्रेलियाको नर्दन टेरिटोरी क्रिकेटले आयोजना गर्ने टी ट्वान्टी सिरिजमा नेपाल सहभागी हुने बताएको हो ।

अष्ट्रेलियामा हुने सिरिजलाई क्यानले नेपालको टी ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा लिएको छ ।

सो सिरिज अगष्ट १४ बाट २४ सम्म सञ्चालन हुनेछ ।

टप इन्ड टी ट्वान्टी सिरिज नामको प्रतियोगिता क्रिकेट अष्ट्रेलियाले स्वीकृति प्रदान गरेको नर्दन टेरिटोरीमा हुने टी ट्वान्टी ढाँचाको क्रिकेट कार्यक्रम हो ।

यो हरेक वर्ष अष्ट्रेलियन बिग बास लिग अघि हुने गर्दछ । यस सिरिजलाई सामान्यतया बिग बासको पूर्व तयारीको प्रतियोगिताको रुपमा हेर्ने गरिन्छ ।