मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको बकुलहर रत्ननगर अस्पतालमा निशुल्क शव बहान सेवा

चितवनको बकुलहर रत्ननगर अस्पतालमा निशुल्क शव बहान सेवा

न्यूजस्टोरी

चितवन, १४ माघ । चितवनको बकुलहर रत्ननगर अस्पतालमा आइतवारबाट निःशुल्क शव वाहन सेवा सुरु भएको छ ।

रत्ननगरका सर्वसाधारण जनतालाई निःशुल्क सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालले संयुक्त रुपमा शव वाहन सेवाको औपचारिक सुरुवात गरेका हुन् ।

बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले अस्पतालमा आइतवारदेखि नै लागू हुने गरी निःशुल्क शव वाहन सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको बताउँदै शव वाहनको अभावमा झेल्नु परेका यावत समस्यालाई पूर्णबिराम लगाउन निःशुल्क शव बहानको ब्यवस्थापन गरेको कर्माचार्यको भनाइ छ । कार्यक्रममा बोल्दै नगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको शव वाहन (एम्बुलेन्स) को सम्पूर्ण व्यवस्थापन खर्च रत्ननगर नगरपालिकाले बेहोर्ने जानकारी दिनुभयो ।

नगर भित्रका नागरिकलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले शव वाहन सेवा शुभारम्भ गरिएको भएतापनि नगर बाहिरका सेवाग्राहीका लागि भने केहि शुल्क लाग्ने उहाँको भनाइ छ ।
पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै स्वास्थ्य सेवा लिने सर्वसाधारण जनताको सङ्ख्या पनि बढ्दै गएको छ ।