मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इङ्ग्ल्यान्ड ५ विकेटले विजयी

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इङ्ग्ल्यान्ड ५ विकेटले विजयी

न्यूजस्टोरी

काठमाडौं, ११ असार । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड ५ विकेटले विजयी भएको छ ।

जीतसँगै ५ खेलको टेस्ट शृङ्खलामा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । तीन सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले पाँचौं तथा अन्तिम दिन भारतलाई हरायो ।

घरेलु टोलीका लागि ओपनर बेन डकेटले शतक बनाए । उनले एक सय ४९ रनको महत्त्वपूर्ण पारी खेले । ज्याक क्रलीले ६५ रन बनाए । जोए रुट ५३ र जेमी स्मिथ ४४ रनमा अविजित रहे । कप्तान बेन स्टोक्सले ३३ रन जोडे । भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिए ।

पहिलो पारीमा ६ रनको अग्रता लिएको भारतले दोस्रो पारीमा ३ सय ६४ रन जोडेपछि घरेलु टोलीले ३ सय ७१ रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा भारतका लागि ऋषभ पन्त र केएल राहुलले शतक बनाएका थिए ।

पहिलो पारीमा इङ्ग्ल्याण्डले ४ सय ६५ रन जोडेको थियो । त्यसअघि भारतले पहिलो पारीमा ४ सय ७१ रन बनाएको थियो । दुई देशबीचको दोस्रो टेस्ट क्रिकेट जुलाई २ तारिखमा शुरू हुनेछ ।