मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दै

एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दै

न्यूजस्टोरी

काठमाडौं, १० असार । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज जापानसँग खेल्दैछ । मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ ।

अस्ति आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।

यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।