मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्लब विश्वकपको पहिलो संस्करणमा मेसीको पहिलो गोल

क्लब विश्वकपको पहिलो संस्करणमा मेसीको पहिलो गोल

न्यूजस्टोरी

काठमाडौं, ६ असार । लिओनल मेसीले क्लब विश्वकपको पहिलो संस्करणमा पहिलो गोल गरेपछि इन्टर मियामीले बिहीबार दुईपटकको युरोपियन च्याम्पियन पोर्टोलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।

मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको इन्टर मियामीका लागि दोस्रो हाफको सुरुआतमै टेलास्को सेगोभियाले बराबरी गोल गरे। त्यसपछि ३७ वर्षीय अर्जेन्टिनी सुपरस्टार मेसीले आफ्नो ट्रेडमार्क फ्री किक गोल गर्दै टोलीलाई जित दिलाए।

इन्टर मियामीका प्रशिक्षक जाभियर माश्चेरानोले भन्छन्,‘मेसी हामीलाई प्रतिस्पर्धा कसरी गर्नुपर्छ भन्ने मार्गदर्शन गर्ने खेलाडी हुन्। उनको भोक, धैर्यता र जित्ने इच्छाशक्ति साँच्चै प्रेरणादायी छ। फुटबलका हिसाबले म के भन्न सक्छु ररु उनी यो खेल खेल्ने इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन्। तर, थकानका बीचमा पनि अन्तिम मिनेटसम्म टोलीलाई सहयोग गर्नु उनको अद्भुत पक्ष हो।’

खेलको ५४औं मिनेटमा मेसीलाई पोर्टोका रोड्रिगो मोराले पेनाल्टी बक्सनजिकै फाउल गरे। त्यसपछि भीड मेसी१ मेसी१ भनेर गर्जन थाल्यो। मेसीले आफ्नो बायाँ खुट्टाले प्रहार गरेको फ्री किक पोर्टोको पर्खालमाथिबाट जाँदै सिधा पोस्टको माथिल्लो कुनामा छिरेको थियो।

पोर्टोका प्रशिक्षक मार्टिन अन्सेल्मीले भन्छन्, ‘मेसीबारे नयाँ कुरा के भन्न सकिन्छ ररु मैदानमा उनले जे गर्न सक्छन्, त्यो सारा संसारलाई थाहा छ।’

खेलको सुरुआतमा पोर्टोका सामु ओमोरोडियनले भिडियो रेभ्युपछि पाएको पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।

इन्टर मियामी अब सोमबार साउथ फ्लोरिडा फर्किनेछ। हार्ड रक स्टेडियममा ब्राजिलको पाल्मेइरसविरुद्ध हुने खेलमा जित हासिल गरेमा अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।

पोर्टोले भने अब न्यू जर्सीको मेटलाइफ स्टेडियममा इजिप्टको अल अहलीविरुद्धको अन्तिम समूह चरणको खेल जित्नै पर्ने स्थितिमा पुगेको छ।