एजेन्सी । घरेलु टोली कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।
बुधबार राति भएको खेलमा ताजिकिस्तानलाई हराउँदै लगातार दोस्रो जित निकालेर प्रि–क्वाटरफाइनलमा पुगेको हो ।
१० खेलाडीमा सिमित ताजिकिस्तानलाई कतारले १–० ले हरायो । कतारको जितमा अकरम अफिफले निर्णायक गोल गरे । उनले खेलको १७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।
ताजिकिस्तान खेलको ८१औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो ।
ताजिकिस्तानका अमादोनी कामोलोभले रातो कार्ड पाएपछि ताजिकिस्तानले १० खेलाडीमा खेल सकाएको हो ।
जितसँगै समूह ‘ए’ मा रहेको दुई खेलमा जित निकाल्दै कतारको ६ अंक जोडेको छ । पराजित ताजिकिस्तानको एक अंक छ ।


प्रतिक्रिया