मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनजि आवासद्धारा रुपन्देहीमा निमार्ण सम्पन्न दुई मोडलका घरहरुको बिक्री प्रक्रिया सुरु

एनजि आवासद्धारा रुपन्देहीमा निमार्ण सम्पन्न दुई मोडलका घरहरुको बिक्री प्रक्रिया सुरु

न्यूजस्टोरी

भैरहवा पौष १९ रुपन्देहीको तिलोतमा नगरपालिकामा एन जि मार्केटले एनजि आवास मार्फत सुविधासम्पन्न घरहरु निमार्ण गरि बिक्री सुभारम्भ गरेको छ ।

सिद्धार्थ राजमार्गको भैरहवा बुटवल सडक खण्डको भलवारी देखि नौ सय मिटर पुर्व एनजि आवासले सुविधा सम्पन्न घरहरु निमार्ण गरी बिक्री सुरु गरेको कम्पनीका संचालक नारायण बन्जाडेले बताए । एनजि आवास कम्पनीले दुई मोडलका घरहरु निमार्ण सुरु गरेको हो । कम्पनीले दश धुर जग्गामा ९९ लाखमा १८ सय ५० स्क्वार फुट क्षेत्रफल ओगटेको दुईतले घर बिक्रीमा राखेको छ । त्यसैगरी २४ सय स्क्वार फुट क्षेत्रफलमा बनेको साढे २ तले घरको मुल्य एक करोड २५ लाख कायम गरी बिक्री सुरु गरेको कम्पनीका संचालक नारायण बन्जाडेले बताए ।

९९ लाख मुल्य कायम भएको सुविधा सम्पन्न घरमा चार बेडरुम , ३ वटा वाथरुम , एक लिभिड. हल , सिटिड. रुम सहित पार्किड.को ब्यावस्था रहेको कम्पनीले जनाएको छ । त्यसैगरी एक करोड २५ लाख रुपैया कायम गरी बिक्रीमा राखिएको घरमा चार वेडरुम , तिन वाथरुम , एक लिभिड. रुम , सिटिड. रुम , बरण्डा , पार्किड. क्षेत्रफल सहित साढे दुई तल्ले रहेको कम्पनीले जनाएको छ । कम्पनीले करिव एक सय घर निमार्ण गर्ने जनाएको छ । कम्पनीले ३० प्रतिशत रकम भुक्तानी गरे पछि खरीद कर्ताको नाममा जग्गाधनी पुर्जा हस्तान्तरण गर्ने छ ।

भवन निमार्ण ग्राहकको प्रत्यक्ष निगरानीमा पनि गर्न सकिने कम्पनीले जनाएको छ । हाईवे देखी भवन निमार्ण स्थल सम्म पुग्न तिस फुटे पक्की सडकको सुबिधा रहेको छ भने भवन निमार्ण क्षेत्र बिसफुटे पक्की सडकमा रहेको कम्पनीले जनाएको छ ।