मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल सुधार गृहबाट फरार रहेको कैदी पर्सा प्रहरीद्वारा पक्राउ

बाल सुधार गृहबाट फरार रहेको कैदी पर्सा प्रहरीद्वारा पक्राउ

न्यूजस्टोरी

वीरगन्ज १४ असोज । पर्सा प्रहरीले बाल सुधार गृहबाट फरार रहेका दुई जना बाल कैदीलाई पक्राउ गरेको हो।वीरगन्ज महानगरपालिका– ४ विर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान दुई जना बाल कैदी बिज्याइँकर्ता फरार भएका थिए।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहको अनुसार फरार रहेका दुईजना बाल कैदीलाई सिरहा र सर्लाहीको सिमानाकाबाट पर्साको क्राईम टोलीले पक्राउ गरेको बताउनुभयो।

प्रहरीले फरार रहेको ४८ घण्टमा पक्राउ गरि दुबैजनालाई बीरगन्ज ल्याउन लागिएको पर्सा प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । शुक्रबार विहान सुधार गृहको छतबाट हाम फालेर भागेका थिए ।