मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँजा सहित दुईजना पर्सा प्रहरीको नियन्त्रणमा

गाँजा सहित दुईजना पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

वीरगंज, १३ असोज । प्रतिबंधित लागुऔषध गाँजा सहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने लोटन राउत कुर्मी र देवलाल साह कलवार रहेका छन।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको प्रहरी टोलीले प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा चेकजाचको क्रममा ४ किलो लागुऔषध गाँजा सहित दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिनुभयो ।

संकास्पदरूपमा साईकल चलाई गईरहेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाच गर्दा आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १—१ किलोका दरले ४ किलो लागू औषध गाँजा फेला परेको परहरी उपरिक्षक शाहले जानकारी दिनुभयो ।

लागुऔषध गाँजासहित पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।