मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा पाकिस्तानको क्रिकेट टोली

भारतमा पाकिस्तानको क्रिकेट टोली

पाकिस्तानले भोलि हैदराबादमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दै

न्यूजस्टोरी

काठमाडौं, असोज ११ । पाकिस्तानको टोली एकदिवसीय विश्वकप खेल्न भारत आइपुगेको छ । पाकिस्तानको टोली हिजो बेलुका हैदराबाद पुगेको हो ।

पाकिस्तान क्रिकेट टोली लाहोरबाट दुबई हुँदै हैदराबाद पुगेको हो । यसअघि सोमवार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले भिसा जारी गर्न भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको थियो । उसले आईसीसीलाई पत्र लेखेको केही घण्टापछि भारतले भिसा स्वीकृत गरेको थियो ।

पाकिस्तान सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक भारत आएको हो ।

विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ । भारत यसअघि सम्पन्न एसिया कप खेल्न पाकिस्तान गएको थिएन । त्यसैले एसिया कप पाकिस्तान र श्रीलङ्कामा भएको थियो ।

दुई देशबीचको आन्तरिक राजनीतिको कारण उनीहरुले एक—अर्को देशको भ्रमण गर्दैनन् । त्यसै कारण यी दुई देशबीच सन् २०१३ पछि कुनै पनि शृङ्खला भएको छैन ।

पाकिस्तानले भोलि हैदराबादमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दैछ । पाकिस्तानले हैदराबादमा अक्टोबर ६ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा अहमदाबादमा हुनेछ ।