काठमाडौं, २३ असोज । सरकारले भूमि समस्या समाधान आयोग र यसको अन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन गरिएको आयोग र सम्बन्धित जिल्ला समितिहरू विघटन गर्ने निर्णय गरेको हो ।
बैठकले साथै इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको पनि खरेलले बताए । बढुवा पाउनेमध्ये डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।


प्रतिक्रिया