मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

न्यूजस्टोरी

काठमाडौं, ७ असोज । बार्सिलोनाका मिडफिल्डर गाभीले दायाँ घुँडाको शल्यक्रिया गराउनुपर्ने भएको छ। उनलाई मेनिस्कस चोटको उपचारका लागि सानो प्वालमार्फत हुने शल्यक्रिया (किहोल सर्जरी) गराउनुपर्ने भएको हो।

क्लबले सोमबार जारी गरेको विज्ञप्तिमा परम्परागत उपचारबाट मात्रै सुधार नदेखिएको र अब शल्यक्रिया आवश्यक ठहरिएको जनाएको छ।

‘सबैभन्दा राम्रो निको हुने प्रक्रिया र शीघ्र प्रतिस्पर्धात्मक खेलमा फर्किने सुनिश्चितताका लागि गाभीले मंगलबार आर्थ्रोस्कोपिक शल्यक्रिया गराउनेछन्,’ क्लबले भनेको छन्।

२१ वर्षीय गाभीले यस सिजन बार्सिलोनाबाट दुई खेल मात्र खेलेका छन्। ती दुवै अगस्ट महिनामा भएका थिए। बार्सिलोनाले आइतबार गेटाफेलाई ३–० ले हराएको थियो। पाँच खेलपछि १३ अंकसहित क्याटालान टोली स्पेनिस लिगमा रियल मड्रिडभन्दा दुई अंकले पछि गर्दै दोस्रो स्थानमा छ।

च्याम्पियन्स लिगमा भने बार्सिलोनाले पहिलो खेलमा न्युक्यासललाई २–१ ले हराएको थियो। अब लिगमा उसको अर्को खेल बिहीबार ओभिएदोविरुद्ध हुनेछ भने च्याम्पियन्स लिगमा अक्टोबर १ मा पेरिस सेन्ट–जर्मेनलाई घरेलु मैदानमा भेट्नेछ।

यसैबीच, क्लबले अर्का मिडफिल्डर फर्मिन लोपेज पनि चोटग्रस्त भएको पुष्टि गरेको छ। उनको बायाँ खुट्टाको मांसपेशीमा चोट लागेकाले करिब तीन सातासम्म मैदान बाहिर रहने छन्। लोपेज आइतबारको खेलमा अन्त्यतिर चोट बोक्दै मैदानबाट बाहिरिएका थिए।