मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

न्यूजस्टोरी

लगातार दुई खेलमा पराजित भएको इन्टर मियामी बुधबार बिहान सिएटल साउन्डर्सलाई ३–१ ले हराउँदै पुनः जिततर्फ फर्किएको छ।

मियामीको जितमा लिओनल मेसीसहित जोर्डी आल्बा र इयान फ्रेले गोल गरे। जितसँगै २७ खेलमा ४९ अंकसहित इन्टर मियामी आठौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ २९ खेलमा ४५ अंक मात्र जोडेको सिएटल तालिकाको १२औं स्थानमा छ।

मेसीले एक गोल मात्र होइन, एक असिस्ट पनि गरे। यसअघि लिग कपमा सिएटलसँग मियामी ३–० ले पराजित भएको थियो।

त्यो खेलमा मेसी र लुइस सुआरेजको आक्रमण धारिलो बनेको थिएन। तर, यसपटक मियामीले त्यस हारको बदला लिँदै जित निकालेको हो।

बल नियन्त्रणमा मियामी केही अघि भए पनि आक्रमणमा दुवै टोली बराबरी देखिए। खेलको पहिलो गोल १२औं मिनेटमा निस्किएको थियो। बीच मैदानबाट मेसीको पास पाएपछि पूर्व स्पेनी डिफेन्डर आल्बाले गोल गर्दै मियामीलाई अग्रता दिलाए।

दोस्रो गोल पनि जोडीको सहकार्यबाट आयो। तर, यसपटक स्कोरर थिए मेसी। डी बक्सको बायाँतर्फबाट आल्बाले दिएको पासलाई हल्का टच गर्दै मेसीले गोल गरे। यस गोलसँगै अर्जेन्टिनी कप्तानले करिअरको ८८०औं गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन्। यस उपलब्धि हासिल गर्ने उनी इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी हुन्।

दोस्रो हाफको सातौं मिनेटमा (५२औं मिनेट) इयान फ्रेले मियामीको तर्फबाट तेस्रो गोल गरे। यद्यपि, ६९औं मिनेटमा सिएटलका वर्गासले एक गोल फर्काए। अन्ततः मियामी ३–१ को जितसहित मैदान छाड्यो।