किरण कुँवर
चितवन, २१ भदौ । चितवनको न्यू कुमरोज तेक्वान्दो डोजाङलाई कुमरोज मध्यवर्ती सामुदायिक वनका तर्फबाट तेक्वान्दोका खेल सामग्री प्रदान गरिएको छ । डोजाङलाई तेकवान्दो पोशाक समेत प्रदान गरिएको छ ।
पोशाक प्रदान गर्दै कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु प्रसाद सिलवालले जिल्लाकै तेकवान्दो संघलाई सामग्री प्रदान गर्न पाउनु खसीको कुरा भएको बताउनुभयो । उहाँले खेल सामग्री प्रदान गरेर आफुहरुले खेलाडी प्रति सम्मान देखाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै डोजाङ प्रमुख अभिषेक गौतमले स्थानीय तहमा खेलप्रतिको उत्साहले चितवनले तेकवान्दोमा उल्लेखनीय उपलब्धीहरु हासिल गर्नेमा आँफु विश्वस्त रहेको समेत बताउनुभयो । उहाले खेलप्रतिको यो सम्मानका लागि कुमरोज मध्यवर्ती सामुदायिक वनप्रति आभारी रहेको समेत उल्लेख गर्नुभयो ।


प्रतिक्रिया