मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल आजदेखि : मेसी पीएसजीविरुद्ध खेल्दै

फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल आजदेखि : मेसी पीएसजीविरुद्ध खेल्दै

न्यूजस्टोरी

काठमाडौं, १४ असार । फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल आजदेखि शुरू हुँदैछन् । अन्तिम आठमा पुग्न आजको पहिलो खेलमा बोटाफोगो र पाल्मेरियाले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरू हुनेछ ।

त्यस्तै आजैराति बेन्फिका र चेल्सी तथा इन्टर मियामी र पेरिस सेन्ट जर्मेइन ९पीएसजी० ले खेल्नेछन् ।

लियोनल मेसीले आफ्नो पूर्वक्लब पीएसजीविरुद्ध खेल्न लागेका हुन् । मेसी सन् २०२३ मा युरोपेली च्याम्पियन फ्रान्सेली क्लब छाडेर इन्टर मियामी पुगेका थिए ।

त्यस्तै सन् २०१३ यता पहिलो पटक चेल्सी र बेन्फिकाले खेल्न लागेका हुन् ।