मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इङ्ग्ल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट शुरुवात

इङ्ग्ल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट शुरुवात

न्यूजस्टोरी

काठमाडौं, ७ असार । इङ्ग्ल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटमा पहिलो दिन भारतले उत्कृष्ट शुरुवात गरेको छ ।

कप्तान शुभमन गिल र ओपनर यशस्वी जैसवालको शतकमा भारतले राम्रो शुरुवात गरेको हो । हिजो पहिलो दिनको खेल सकिँदा भारतले ३ सय ५९ रन बनाउँदा ३ विकेट गुमाएको छ ।

जैसवाल एक सय एक रनमा आउट भएका छन् । कप्तान गिल एक सय २७ रनमा क्रिजमा छन् । त्यस्तै उपकप्तान ऋषभ पन्त पनि अर्धशतक बनाएर अविजित छन् । केएल राहुल ४२ रन र साई सुदर्शन खाता नखोली आउट भए ।

घरेलु टोलीका लागि कप्तान बेन स्कोक्सले दुई तथा बायडेन कार्सले एक विकेट लिए । घरेलु टोलीले टस जितेर पहिला बलिङ रोजेपछि भारतले ब्याटिङ थालेको हो । दुई देशबीच पाँच खेलको टेस्ट शृङ्खला हुनेछ ।