मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने दोस्रो नेपाली खेलाडी

करण केसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने दोस्रो नेपाली खेलाडी

न्यूजस्टोरी

करण केसी नेपालको तर्फबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

गएराति स्कटल्यान्डसँग भएको खेलमा दुई विकेट लिएसँगै उनले यो आँकडा पूरा गरेका हुन् । ३३ वर्षीय करणले ८० औं खेलमा एक सय विकेट पुरा गरे ।

यसअघि टी–२० मा एक सय भन्दा धेरै विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने थिए । उनले नेपालबाट ५८ खेलमा एक सय ११ विकेट लिइसकेका छन् ।

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हरायो ।

जीतसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डको समान २ अङ्क भएको छ । यसअघि सोमवार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

आइतवार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

आज स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल पर्सि शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।