मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेखा स्वदेश फर्किइन्

रेखा स्वदेश फर्किइन्

न्यूजस्टोरी

काठमाडौं, ३ असार । नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेल स्वदेश फर्किएकी छन्।

उनी पहिलो अन्तर्राष्ट्रिय व्यवासायिक लिग खेल्न युएई पुगेकी थिइन्। आबुधाबी कन्ट्री क्लबलाई अपराजित राख्दै उपाधि दिलाएपश्चात् उनी सोमबार राष्ट्रिय टोलीमा फर्किएकी हुन्।

उनी थाइल्यान्डविरुद्ध एक अभ्यास र अर्को मैत्रीपूर्ण खेल खेलेर भुटान फर्किएकी थिइन्। उक्त दुवै खेलमा नेपाल पराजित भएको थियो।

अब उनी एएफसी महिला एसियन कप २०२६ छनोटको तयारी गर्न राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा जोडिने छिन्। उनीसम्मिलित आबुधाबी समग्रमा ११औंपल्ट लिग च्याम्पियन बनेको हो। लिगमा आठ टोली सहभागी थिए। तर, आबुधाबीले आफ्नो सात वटै खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक बटुल्यो।