किरण कुँवर।
चितवन, जेष्ठ ३१ । ८७औ जिल्ला खुल्ला तेक्वान्दो प्रतियोगिता चितवनको खैरेनीमा सम्पन्न भएको छ । पूर्वी पर्वी चितवनको खैरहनी नगरपालिका १३ स्थित गवै माध्यामिक विद्यालयमा सम्पन्न खेलमा २५ बढि डोजाङको सहभागिता रहेको थियो । न्यू कुमरोज तेकन्दो डोजाङ्गको आयोजनमा सम्पन्न खेलमा ३०० बढि प्रतियोगिले भाग लिएका थिए । जेष्ठ ३० गते र ३१ गते सम्पनन खेलमा खैरहनी तेकवान्दो डोजाङले पहिलो स्थान हाँसिल गर्न सफल भएको छ खैरहनी तेकवान्दो डोजाङले अघिल्लो खेलमा पनि प्रथम स्थान हाँसिल गरेको थियो , भने न्यू कुमरोज तेकवान्दो डोजाङले दितिय स्थान हाँसिल गरेको छ ।

खेल समापन कार्यक्रममा बोल्दै खैरहनी नगरपालिका वडा नं १३ का अध्यक्ष कुल प्रसाद भुसालले खेलले सबैमा उत्साह थपेको बताउनुभयो ।

खेलकै माध्यमबाट चितवनले अनेक सफलता हाँसिल गरेको र आगामी बर्षहरुमा पनि यस्ता खालका खेलहरु गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । यसैबीच, खेललाई सुचना र समाचारका माध्यमबाट प्रचारमा सहयोग गरेको भन्दै हाम्रा चितवन सहकर्मी किरण कुँवरलाई पनि न्यू कुमरोज डोजाङले सम्मान गरेको छ ।


प्रतिक्रिया