मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति रनिङ सिल्ड : बागमती प्रदेश च्याम्पियन

राष्ट्रपति रनिङ सिल्ड : बागमती प्रदेश च्याम्पियन

न्यूजस्टोरी

काठमाडौं, ३१ जेष्ठ । १५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

हिजो सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ ७ प्रदेश सहभागी प्रतियोगितामा टिम च्याम्पियन बनेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा भएको प्रतियोगितामा गएको संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो भयो ।

सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो । त्यस्तै ११, १२ र १३ औं संस्करणको विजेता लुम्बिनी प्रदेश ५ स्वर्ण, १३ रजत र १५ कांस्यसहित तेस्रो भएको छ ।

गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य पदकसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य पदकका साथ पाँचौं तथा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यका साथ छैटौं भयो । स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।

कोशी प्रतियोगितामा सातौं भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । हरेक कीर्तिमानका लागि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ ।