मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी

नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी

न्यूजस्टोरी

काठमाडौं, ३० जेष्ठ । नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी यसपल्ट नेपाली महिला राष्ट्रिय टोलीविरुद्ध ‘टचलाइन’मा देखिने भएका छन्।

फुटबल फेडेरेसन अफ श्रीलंकाले उनलाई एएफसी महिला एसियन कप २०२६ छनोटका लागि टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। उनले साउदी अरबविरुद्ध हुने मैत्रीपूर्ण खेलबाट टोलीको जिम्मेवारी सम्हाल्ने छन्।

उक्त मैत्रीपूर्ण खेलका लागि उनले थुसानी मधुशिंकाको कप्तानीमा २३ सदस्सीय टोली घोषणा गरिसकेका छन्। नेपाली पुरुष फुटबल टोलीलाई उनले सन् २०२१ मा साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका थिए।

साफको ३८ वर्षे लामो इतिहासमा नेपाल पहिलोपल्ट फाइनलमा पुगेको थियो। तर, उपाधि भिडन्तमा भारतसँग पराजित हुँदा नेपाल उपविजेता सीमित भएको थियो।

उनले गत मंगलबार मात्रै श्रीलंकाको पुरुष टोलीलाई एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा चाइनिज ताइपेईविरुद्ध ३–१ को जित दिलाएका थिए।

उक्त दिन दक्षिण एसियाली फुटबल महासंघ ९साफ०मा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र भुटान विभिन्न टोलीसँग पराजित भएका थिए। तर, श्रीलंका फिफा वरीयतामा आफूभन्दा ३६ स्थानमाथि रहेको चाइनिज ताइपेईविरुद्ध भने जित निकाल्न सफल भएको थियो।

जारी प्रतियोगिता श्रीलंकाको यो पहिलो जित थियो। अब पुरुष टोलीको खेल अक्टोबरमा मात्रै छ। त्यसैले उनले नै महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि लिएका हुन्।

आयोजक उज्बेकिस्तानसँगै श्रीलंका समूह ‘एफ’ मा छ। जुनमा हुने प्रतियोगितामा श्रीलंकाले घरेलु टोलीसँगै नेपाल र लाओससँग प्रतिस्पर्धा गर्नेछ।

समूह विजेता एएफसी महिला एसियन कप २०२६ को लागि अस्ट्रेलिया जानेछन्।