मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय चेसमा सिएम पुरुषोत्तमले रजत पदक जिते

अन्तर्राष्ट्रिय चेसमा सिएम पुरुषोत्तमले रजत पदक जिते

न्यूजस्टोरी

काठमाडौं, २९ जेष्ठ । नेपाली सिएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एशियन जुनियर चेस च्याम्पियनसिपमा द्रुत गतिको ब्लिट्जमा रजत पदक जितेका छन् । श्रीलङ्कामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौं वरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए ।

पुरुषोत्तमले सात मध्ये छ खेलमा जित निकाले । उनले बङ्गलादेशका २१४२ रेटेड आइएम मनून रेजानिरसँगको खेल गुमाए । विश्व बुद्धिचाल महासङ्घ तथा एशियन चेस फेडरेसनको तत्वावधानमा श्रीलङ्का चेस फेडरेसनले जुन ४ देखि १२ तारिखसम्म आयोजना गरेको द वेस्टर्न एशियन जुनियर चेस च्याम्पियनसिप भएको हो ।

नेपाल बुद्धिचाल महासङ्घका अनुसार प्रतियोगितामा आयोजक राष्ट्र श्रीलङ्कासहित नेपाल, बङ्गलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी नौ वटा देशका ५९ जना खेलाडीको सहभागिता थियो ।