मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा

वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनद्वारा सन्यासको घोषणा

न्यूजस्टोरी

काठमाडौं, २७ जेष्ठ । वेस्ट इन्डिजका क्रिकेटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत अप्रत्यासित रूपमा उनले सन्न्यासको घोषणा गरेका हुन् ।

२९ वर्षीय पुरनले वेस्ट इन्डिजबाट ६१ एकदिवसीय र एक सय छ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । वेस्ट इन्डिजबाट निकोलस सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने खलाडी हुन् । उनले टी–२० मा दुई हजार दुई सय ७५ रन बनाएका छन् ।

यस्तै ६१ एकदिवसीय खेलमा एक हजार नौ सय ८३ रन बनाएका छन् । निकोलसले टी–२० अन्तर्राष्ट्रियमा सन् २०१६ मा पाकिस्तानविरुद्ध तथा एकदिवसीयमा सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए । पुरन अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा बढी ब्यस्त हुँदा राष्ट्रिय टोलीमा विश्वकप वा छनोटका खेलहरु बढी खेल्दै आएका थिए ।