मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारीमा उम्रिएको च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

बारीमा उम्रिएको च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा बारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनकाअनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ ।