मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डको हेल्थ टिप्स : बिहान दश हजार पाइला हिँडौं, यी रोगहरू निको हुन्छ

प्रचण्डको हेल्थ टिप्स : बिहान दश हजार पाइला हिँडौं, यी रोगहरू निको हुन्छ

न्यूजस्टोरी

काठमाडौं । नेताहरू अक्सर राजनीतिक विषय र प्रसंगको सेरोफेरोमा हुन्छन् । यसमा अपवाद हुने कुरा भएन पुष्पकमल दहाल प्रचण्ड पनि । यद्यपि केही समययता उनी बिहान–बिहान जोडतोडले हिँडिरहेका भिडियोहरू सार्वजनिक हुने गरेका छन् ।

चाहे कार्यकर्ता भेटघाटका लागि कतै पुगेको बेला होस् वा विश्रामका लागि सुकुटे । कहिले बिहान हिँडेर तराईको भक्का खाइरहेका देखिन्छन् । कहिले बिहान हिँडेर आगो ताप्दै हाँसो ठट्टा गरिरहेका देखिन्छन् । भलै यसरी प्रातः कालीन भ्रमणमा निस्कँदा ठूलै जत्था किन उनको आगाडि-पछाडि नलागेको होस् ।

ट्राउजर–सुट र स्पोर्टस् सुजमा ठाँटिएर उनी फुर्तिसाथ हिँड्ने गर्छन् । उमेरले ७० वर्षको आसपासमा रहेका दहाल फिट एन्ड फाइन देखिन्छन् ।

हालै मात्र उनले यसरी हिँड्नुको फाइदा बताएका छन् । उनी भन्छन्, ‘बिहान हरेक दिन कम्तिमा १० हजार पाइला राम्रोसँग हिँड्यो भने त्यसले धेरै रोगलाई रोगथाम गर्न मद्दत गर्छ । कोलेस्टोरोल नियन्त्रण गर्छ । मुटुको धड्कनलाई ठीक ठाउँमा ल्याउन मद्दत गर्छ । मधुमेह, उच्च रक्तचाप सबैलाई नियमित राख्छ । त्यतिमात्र होइन बिहानको ताजा हावामा हिँड्दा आँखा पनि तेजिलो हुन्छ।’

उनले यसलाई मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताएका छन् । दहाल भन्छन्, ‘यसरी बिहान हिँड्नु मानसिक तनावबाट मुक्ति हुने राम्रो काइदा पनि हो ।’

भनिन्छ उनी बिहान नियमित रुपमै हिँड्ने गर्छन् । त्यसपछि पनि व्यायाम गर्छन् । ब्याटमिन्टन खेल्न रुचाउँछन् । त्यसो त उनी अलि बिन्दास र र रसिक पनि देखिन्छन् ।कुनैबेला अभिनेत्री रेखा थापासँग ‘लालुपाते नुग्यो भुइँतिर’ गीतमा नाच्ने दाहाल कहिले जिपलाइनको मज्जा लिँदै गरेको देखिन्छ ।