मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता, १० जना घाइते

भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता, १० जना घाइते

न्यूजस्टोरी

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुई कामदार बेपत्ता भएका छन् ।

भोटेकोसी गाउँपालिका-४ मा रहेको आयोजनाको ढलान भत्किँदा १० मजदुर घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ता खोजीसँगै उद्धारको प्रयास भइरहेको छ । शुक्रबार दिउँसो ढलान गर्दागर्दै भत्किएको हो । घाइतेहरुको अहिले बाह्रबिसे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माण सुरु भएको थियो ।