मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाले हिलाम्मे काठमाडौंका सडक (तस्बिरहरू)

वर्षाले हिलाम्मे काठमाडौंका सडक (तस्बिरहरू)

न्यूजस्टोरी

काठमाडौं । वर्षा सुरु भए सँगै काठमाडौंका सडकहरू हिलाम्मे हुन थालेका छन् । काठमाडौंको विकास पूर्वाधारका काम कछुवाको गतिमा अघि बढ्दा सडकको बेहाल भएको हो ।

बुधबार मात्रै काठमाडौंको सोह्रखुट्टेस्थित सडक भासिँदा त्यसमा चालक र मोटरसाइकल खसे । चालकलाई तत्कालै उद्धार गरियो । तर मोटरसाइकललाई डोजर ल्याएर निकाल्नुपर्‍यो । काठमाडौंका सडकहरूको समयमा मर्मत नहुँदा यतिबेला हिलाम्ये छन् । जसकारण ठूला ठूला खाडल बनिरहेका छन् ।
पानी पर्दा खाडलमा धमिलो पानी भरिने गरेको छ । चालकहरूले बाटो नदेखिनुले सवारी दुर्घटना बढेको छ ।

त्यति मात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँड्ने नागरिकको सास्ती भनिसाध्य छैन। हिउँदामा धुवाँ, धुलोको मार छ भने यतिबेला हिलोको समस्या बढेको छ ।

पछिल्लो पटक सडकका नाममा काठमाडौं महानगरपालिका र सडक विभागबीच द्वन्द्वको अवस्था छ । तर काठमाडौंका म्हेपी, गोंगबु र विष्णुमती कोरिडोरका सडकतिर दुवै निकायले नजर नलागउँदाको सास्ती वर्णन गरी साध्य छैन ।