मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल

मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल

न्यूजस्टोरी

काठमाडौँ । दुबईमा एक सांगीतिक कार्यक्रममा जान लागेका चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ । अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि एयरलाइन्सले उनलाई विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो ।

फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका उनलाई विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए । यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए ।