मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छड्न पर्सा जिल्ला अदालतको आदेश

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छड्न पर्सा जिल्ला अदालतको आदेश

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, १३ जेष्ठ
मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न मंगलबार आदेश दिएको छ ।
वीरगन्ज को प्रशिध गहवामाई मन्दिरको दर्शन गर्न आएका प्रसाईलाई पर्सा प्रहरीले ९ दिन पहिले जेठ ४ गते राति वीरगञ्जको दियालो होटेलबाट राती नियन्त्रणमा लिएको थियो।
विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा इजलास नं. १ का न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले प्रसाईंलाई मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जनाएका छन् ।

सोमबार ढिलो गरी अभियोग पत्र दर्ता भएकाले मंगलबार थुनछेक बहसपछि सुनुवाइ भएको अदालतले जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ता वीरगन्जका प्रहरी निरीक्षक बिक्रम सुवेदीको जाहेरीका आधारमा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

वीरगंज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै सरकारका नाममा आवश्यक आदेश जारी गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले आइतबारसम्म प्रसाईंलाई धरौटी वा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको भन्दै त्यसको कार्यान्वयन नभएको आरोपमा उनका समर्थकहरूले सोमबार पर्सा जिल्ला अदालत अगाडिको प्रदर्शन गरेका थिए । मंगलबार पनि प्रसाईका समर्थकहरूले पर्सा जिल्ला अदालत आसपास क्षेत्रमा जम्मा भएर नारावाजी गर्दै उनको रिहाईको माग गरेका थिए ।