वीरगञ्ज । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
क्याम्पस प्रमुख कुशवाहाको गोली प्रहार गरी हत्या गरिएको घटनाको अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
शुक्रबार साँझ अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको थियो। कोखामा एक राउन्ड गोली लागेका उनको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा शुक्रबार नै मृत्यु भएको थियो। घटनाको अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।
यसैबीच कुशवाहाको हत्याको विरोधमा सदरमुकाम कलैयामा स्थानीयले शनिबार प्रदर्शन गरेका छन्। स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।




प्रतिक्रिया