काठमाडौं । कुल प्रीत सिंह, कृति खरबन्द र तापसी पन्नुपछि बी टाउनकी अर्की सुन्दर अभिनेत्रीले बिहे गर्ने पक्का भएको छ । यो नायिका अरु कोहि होइन सोनाक्षी सिन्हा हुन् । ३७ वर्षीया सोनाक्षी दुलही बन्न तयार छिन् ।
सोनाक्षी सिन्हा लामो समयदेखि अभिनेता जहीर इकबालसँग डेट गरिरहेकी छिन् । दुवैले आफ्नो सम्बन्धको आधिकारिक पुष्टि नगरे पनि उनीहरुको सम्बन्ध र प्रेमले भरिएका तस्विर र पोस्टले उनीहरुको सम्बन्धलाई पक्कै पनि उजागर गरेको छ । अहिले सोनाक्षी सिन्हाले वर्षौंसम्म डेटिङ गरेपछि जहीरसँगको आफ्नो सम्बन्धलाई अर्को तहमा लैजाने तयारी गरिरहेकी छन् । रिपोर्ट अनुसार ‘दबंग’ अभिनेत्री १३ दिनपछि दुलही बन्न लागेकी छिन् । उनले २३ जुनमा जाहीसँग जिउने र मर्ने कसम खानेछिन् ।
बिहेमा को को सहभागी हुनेछन् ?
सोनाक्षी सिन्हा र जहीर इकबालको विवाह मुम्बईमा मात्र हुने बताइएको छ । शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टियनमा विवाह समारोह मनाइनेछ । जसमा अभिनेत्रीको परिवार र नजिकका साथीहरुको सहभागिता रहनेछ ।
साथै ‘हीरामण्डी’का सम्पूर्ण कलाकारले पनि सहभागिता जनाउन सक्नेछन् । यो जोडीको विवाहको कार्ड पनि बनाइएको छ, जसलाई म्यागजिन कभर जस्तै डिजाइन गरिएको छ । तर हालसम्म सोनाक्षी सिन्हा वा जहीर इकबालले आफ्नो विवाहको औपचारिक घोषणा गरेका छैनन् । दुवैले समाचारमा कुनै प्रतिक्रिया दिएका छैनन्।
जहीर इकबाल एक व्यापारी परिवारका हुन्। उनका बुबा इकबाल रतनसी एक प्रसिद्ध जौहरी र व्यापारी हुन्। सलमान खानको परिवारसँग पनि उनको घनिष्ठ मित्रता छ । सलमान खानले जहीरलाई २०१९ मा फिल्म ‘नोटबुक’ मार्फत लन्च गरेका थिए । सोनाक्षीले पहिलो पटक जहीरसँग फिल्म ‘डबल एक्सल’ मा काम गरेकी थिइन् ।


प्रतिक्रिया