मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीको झोलुङ्गे पुलको लट्ठा चुँडिदा अड्किए १५ खच्चड, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

कर्णालीको झोलुङ्गे पुलको लट्ठा चुँडिदा अड्किए १५ खच्चड, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

न्यूजस्टोरी

काठमाडौं । अछाम र दैलेख जोड्ने झोलुङ्गे पुलका लट्ठा चुँडिदा १५ खच्चरबिच पुलमा अडिएका छन् । अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाडा र दैलेखको आठवीस नगरपालिका वडा नम्बर ४ जोड्ने पुलका लट्ठा चुँडिएका हुन् ।

अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुलमा अछामबाट दैलेख जाँदै गरेका खच्चड लट्ठा चुँडिएपछि फेसका अनेरास्ववियुका नेता कमल कोलीले मकाखुखबरलाई जानकारी दिए ।

अहिले उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको अछाम प्रशासनले जनाएको छ ।