मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८ गते विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

२८ गते विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

न्यूजस्टोरी

काठमाडौँ । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौँबाट फर्किए लगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ ९३० बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।